बुद्धिराज गुरुङ र केदार ढकाल एआईजीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ २ जनालाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ । गृह मन्त्रालयअन्तर्गत बढुवा सिफारिस समितिले प्रहरी नायब महानिरीक्षक (डीआईजी) द्वय बुद्धिराज गुरुङ र केदार ढकाललाई एआईजी पदमा बढुवाका लागि सिफारिस गरेको हो ।

गुरुङ अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा टंगाल र ढकाल नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभाग आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालय नक्सालमा कार्यरत छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *