साफ उपविजेता नेपाली महिला टीमलाई प्रधानमन्त्रीले बोलाए बालुवाटार, ‘लञ्च’सँगै गर्ने

काठमाडौं । साफ महिला च्याम्पियनसिप प्रतियोगितामा उपविजेता बनेको नेपाली महिला फुटबल टोलीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार बोलाएका छन् । महिला टोलीका खेलाडीहरूलाई प्रोत्साहन गर्न प्रधानमन्त्री ओलीले अहिले बिहान ११ बजे बालुवाटार आउन भनेका हुन् ।

प्रधानमन्त्रीको सचिवालयले प्रोत्साहनका लागि फुटबल टीम र अफिसियललाई लञ्चसहित बोलाइएको हो । बुधबार राति दशरथ र‌ंगशालामा भएको फाइनल खेलमा नेपाल बंगलादेशसँग २–१ ले पराजित हुँदा उपविजेतामै सीमित भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *