सुन तस्करी प्रकरणमा समातिएका माओवादी नेता महराका छोरा राहुल रिहा

काठमाडौं । विद्युतीय चुरोट (भेप)मा सुन तस्करी प्रकरणमा समातिएका माओवादी केन्द्रका नेता कृष्ण बहादुर महराका छोरा छुटेका छन् ।

उनका छोरा राहुल महरा अदालतले तोकेको सजाय भुक्तान गरेपछि रिहा भएका केन्द्रिय कारागार कार्यालय जगन्नाथदेवलका कारागार प्रशासक कृष्ण बहादुर कटुवालले मकालुखबरलाई बताए । कारागार प्रशासक कटुवालका अनुसार राहुल यही कार्तिक १३ गते रिहा भएका हुन् ।

सजाय भुक्तान गरिसेकपछि रिहा भएका महरालाई सोही दिन सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग पुल्चोक,ललितपुर बुझाइएको कारागारका कर्मचारी नारायण मगरले बताए ।

राहुललाई २०८० भदौ १३ गते केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ गरेको थियो । जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।

सम्बन्धीत समाचार
कृष्णबहादुर महराका छोरा राहुल पुर्पक्षका लागि कारागार चलान

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *