एमालेकै मान्छे बालेन र रविको कोर टिममा छन् : सञ्चारमन्त्री
मकालु खबर
२०८१ कार्तिक १५ गते
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले एमालेकै मान्छेहरूले फरक पार्टी र व्यक्तिलाई समर्थन गर्ने गरेको आरोप लगाएका छन् ।
सञ्चारमन्त्री गुरुङले एमाले नेता कार्यकर्ताकै छोराछोरीले रवि लामिछाने र बालेन शाहलाई समर्थन गरिरहेको बताएका हुन् ।
काठमाडौँमा आयोजित एक कार्यक्रममा गुरुङले एमालेकै नेताका छोराछोरी फरक पार्टी र फरक व्यक्तिको पछि लागेको बताए ।
‘हाम्रा छोराहरू, हाम्रा छोरीहरू रवि लामिछानेको पछि लागिरहेका छन्,’उनले भने ‘हाम्रा छोराछोरी बालेनको साइबर ग्रुपमा छन्, अनि हाम्रो पार्टीको विरुद्धमा, प्रधानमन्त्रीको विरुद्धमा लेख्छन् ।’
मकालु खबर
२०८१ कार्तिक १५ गते
प्रतिक्रिया
सम्बन्धित