छहरेमा मिनीट्रकले बाइकलाई हान्दा चौलागाईँको मृत्यु, श्रेष्ठ गम्भीर घाइते

नुवाकोट । लिखु गाउँपालिका-६ छहरेमा मिनीट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छभने एक जना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख शान्तिराज कोइरालाका अनुसार टोखा-छहरे सडकमा गए राति भएको दुर्घटनामा तादी गाउँपालिका-३ का ३५ वर्षीय विनोद चौलागाईँको मृत्यु भएको हो ।

दुर्घटनामा तादी-३ का राजाराम श्रेष्ठ गम्भीर घाइते हुनुभएभएको छ । निजको ग्रिनसिटी अस्पताल काठमाडौंमा उपचार भइरहेको छ । दुर्घटनापछि मिनीट्रकका चालक फरार रहेकाले निजको खोजी भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *