भाइटीकाको शुभ साइत भोलि ११ः३७ बजे, कता फर्किने ?
मकालु खबर
२०८१ कार्तिक १७ गते
काठमाडौं । भाइटीकाको शुभ साइत आइतबार बिहान ११ः३७ बजे रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । पश्चिम मोहडा गरेर भाइटीका लगाउनुपर्ने पनि समितिले जनाएको छ । नेवार समुदायले मनाउने किजा पूजा पनि त्यसै दिन गर्नुपर्ने जनाइएको छ ।
यस वर्षको यमपञ्चक अर्थात् नेपालीको दोस्रो ठूलो चाड तिहार मंगलबारदेखि सुरु भएको हो । बुधबार काग तिहार, बिहीबार कुकुर तिहार र लक्ष्मी पूजा मनाइएको छ । शनिबार गाई/गोवर्द्धन पूजा, बलि पूजा, हली तिहार, म्हपूजा र नेपाल संवत् ११४५ मनाइँदैछ ।
मकालु खबर
२०८१ कार्तिक १७ गते
प्रतिक्रिया