अरिंगालले टोक्दा नाबालक दिदीभाइको ज्यान गयो
मकालु खबर
२०८१ कार्तिक १८ गते
बझाङ । बझाङमा अरिंगालको टोकाइबाट दिदीभाइको मृत्यु भएको छ । थलारा गाउँपालिका-२ डोरगाउँका तीन वर्षीय सुरबीर खाती र पाँच वर्षीया सिया खातीको मृत्यु भएको हो । उनीहरू दिदीभाइ हुन् ।
अरिंगालको टोकाइबाट अन्य तीन जना घाइते भएको थलारा गाउँपालिकाका प्रवक्ता रविन्द्र खातीले बताए । उनका अनुसार घाइते हुनेमा मृतककी सात वर्षीया दिदी सुमी खाती, आमा डम्मरा खाती र ५८ वर्षीया हजुरआमा रहेकी छन् । उनीहरूको रायल प्राथमिक स्वास्थ केन्द्र देउरामा उपचार भइरहेको छ ।
शनिबार दिउँसो घर नजिकै घाँस काट्ने क्रममा बिच्किएका अरिंगालले उनीहरूलाई टोकेको र उपचारको क्रममा बालबालिकाको मृत्यु भएको प्रवक्ता खातीले जानकारी दिए । तिहारको समयमा भएको यो घटनापछि डोरगाउँ शोकमा डुबेको छ ।
मकालु खबर
२०८१ कार्तिक १८ गते
प्रतिक्रिया
सम्बन्धित