बालगोपालेश्वरमा भाईटीका लगाउनेको भिड (तस्बिरहरु)
मकालु खबर
२०८१ कार्तिक १८ गते
काठमाडौं । वर्षको एकदिन मात्रै खुल्ने बालगोपालेश्वर मन्दिर भाईटीकाका दिन खुलेसँगै तिहारको भाईटिका लगाउन शुरु भएको छ ।
आज बुधवार यमपञ्चकको अन्तिम दिन भाईटीका लगाइने परम्परा अनुसार आज बालगोपालेश्वरमा भाईटीका लगाउनेहरुको भीड देख्न सकिन्छ ।
आफ्नो दाजुभाई तथा दिदिबहिनी नहुनेहरुले आज बालगोपालेश्वरमा गइ भाईटीका लगाउने परम्परा रहेको छ ।
आज बिहानैदेखि बालगोपालेश्वरमा तिहारमा भाईटीका लगाइ आशिर्वाद दिने र लिनेहरुको भीड देख्न सकिन्छ ।
मकालु खबर
२०८१ कार्तिक १८ गते
प्रतिक्रिया
सम्बन्धित