अर्घाखाँचीमा भारतीय कार दुर्घटना हुँदा एक जनाको मृत्यु
मकालु खबर
२०८१ कार्तिक १८ गते
अर्घाखाँची । अर्घाखाँचीमा भारतीय कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सन्धिखर्क नगरपालिका-११ ढुंगे देउरालीमा एचआर ५५ एयु ८७९३ नम्बरको भारतीय कार दुर्घटना हुँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु भएका व्यक्तिको परिचय भने खुल्न सकेको छैन । प्रहरीका अनुसार कार सडकबाट आठ सय मिटर तल खसेको छ । घटनास्थल भिरालो र अप्ठ्यारो बाटो भएकाले खोजी कार्यमा समस्या भएको प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लले बताए ।
मकालु खबर
२०८१ कार्तिक १८ गते
प्रतिक्रिया