इजिप्टका राष्ट्रपति र आईएमएफका प्रवन्ध निर्देशकबीच क्षेत्रीय संकट र आर्थिक सुधारबारे छलफल

काठमाडौं । इजिप्टका राष्ट्रपति अब्देल–फत्ताह अल–सिसीले आईतवार कायरोमा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का प्रवन्ध निर्देशक क्रिस्टालिना जर्जिएभासँग भेट गरेका छन् । भेटका क्रममा दुई जनाले जारी क्षेत्रीय संकटको बीचमा देशको आर्थिक सुधार कार्यक्रमबारे छलफल गरे ।

वार्ताका क्रममा सिसीले देशको आर्थिक स्थायित्व अभिवृद्धि गर्न र मुद्रास्फीति घटाउन आर्थिक सुधार कार्यक्रम कार्यान्वयनमा आईएमएफसँग सहकार्य जारी राख्न इजिप्टको आकांक्षा व्यक्त गरेको इजिप्टको राष्ट्रपति कार्यालयले जनाएको छ ।

सिसीले इजिप्टको प्राथमिकता मुद्रास्फीति विरुद्ध लड्न, लगानी आकर्षित गर्ने र निजी क्षेत्रलाई रोजगारी र वृद्धि दर बढाउन सशक्त बनाउनु रहेको कुरामा जोड दिएका छन् ।

बैठकपछि जर्जिएभासँगको संयुक्त पत्रकार सम्मेलनमा इजिप्टका प्रधानमन्त्री मोस्तफा मदबोलीले भने कि आईएमएफले २०२२ मा स्वीकृत भएको ४६ महिनाको आईएमएफ ऋण कार्यक्रमको चौथो समीक्षा मङ्गलवारबाट शुरु गर्ने र यो वर्ष ८ अर्ब अमेरिकी डलरसम्म विस्तार गर्ने बताए ।

जर्जिएभाले इजिप्टको आर्थिक वृद्धिदर हालको २.४ प्रतिशतबाट २०२५ आर्थिक वर्षमा ४.२ प्रतिशतमा झर्ने र मुद्रास्फीति दर १६–१७ प्रतिशतमा झर्ने अपेक्षा गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *