विश्वकप क्रिकेट लिग–२

स्कटल्यान्डविरुद्ध ब्याटिङ गर्दै नेपाल,यस्तो छ ‘प्लेइङ एघार’

काठमाडौं । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक शृङ्खलाअन्तर्गत स्कटल्यान्डरिुद्धको खेलमा नेपालले ब्याटिङ गर्ने भएको छ ।

अमेरिकाको डालसस्थित ग्राण्ड प्रेरी क्रिकेट मैदानमा भर्खरै भएको टसमा स्कटल्यान्डका कप्तान रिची बेरिङ्ग्टनले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका छन् । यससँगै नेपालले ब्याटिङको निम्तो पाएको हो ।

उक्त शृङ्खलामा नेपाल दोस्रो जितको खोजीमा रहेको छ । यसै शृङ्खलामा तीन खेल खेलेको नेपालले एक खेलमा जित तथा दुई खेलमा हार बेहोरेको छ । नेपालले स्कटल्यान्डलाई पाँच विकेटले पराजित गरेको थियो । त्यसैगरी अमेरिकासँग भने नेपाल तीन विकेट र ३७ रनले पराजित भएको थियो ।

यता स्कटल्यान्ड भने तेस्रो जितको लक्ष्यमा रहेको छ । यसअघि स्कटल्यान्डले अमेरिकालाई १० विकेट र ७१ रनको पराजित गरेको थियो । नेपाली राष्ट्रिय टोलीका तीव्र गतिका बलर करण केसी र ब्याटर भीम सार्कीले स्कटल्यान्डविरुद्धको खेल गुमाउने भएका छन् ।

चोटका कारण उनीहरूले स्कटल्यान्डविरुद्धको खेल गुमाउने भएका हुन् । उनीहरूका स्थानमा ब्याटर देव खनाल र तीव्र गतिका बलर सागर ढकाललाई समावेश गरिएको छ ।

नेपालको प्लेइङ ११ मा कप्तान रोहितकुमार पौडेलसहित अनिल शाह, आसिफ शेख, कुशल भुर्तेल, ललित राजबंशी, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, गुल्शन झा, सोमपाल कामी, सन्दीप लामिछाने र रिजन ढकाल रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *