यसकारण भयो नेपाल र स्कटल्यान्डबीचको खेल रद्द

काठमाडौं । आधिहुरीको सम्भावनासँगै आईसीसी विश्वकप लिग-२ मा नेपाल र स्कटल्यान्डबीचको खेल रद्द भएको छ । ग्राउण्ड प्रेरी क्रिकेट रंगशाला डालासमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ६ ओभरमा १ विकेट गुमाउँदै २६ रन बनाएको अवस्थामा खेल रोकिएको थियो ।

राष्ट्रिय मौसम विभागका अनुसार अमेरिकी समय दिउँसो १ देखि ४ बजेसम्म आधिहुरीको सम्भावना छ । जसको कारण खेल स्थगित भएको हो । योसँगै दुबै टोलीले १-१ अंक बाँडेका छन् ।

नेपाल १२ खेलमा २ मा जित, ८ मा हार र २ खेल रद्द हुँदा ६ अंकका साथ सातौं स्थानमा छ । नेपालले अव लिग २ मा २०२५ मे मा स्कटल्यान्डमा गएर खेल्नेछ । उक्त सिरिजमा नेपाल र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *