पोखरामा रास्वपाको आन्दोलन, प्रहरीले खोस्यो गाडीको चाबी, अश्रुग्याँस प्रहार
मकालु खबर
२०८१ कार्तिक २० गते
काठमाडौं । पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीले पोखरामा आन्दोलन गरेको छ ।
कास्की प्रहरीको हिरासतमा रहेका सभापति रवि लामिछानेको पक्षमा आन्दोलन गरेको हो ।
लामिछानेको पक्षमा विरोधमा उत्रिएका रास्वपा कार्यकर्तामाथि प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ ।
मङ्गलवार मध्याह्न पोखराको रत्न चोकमा प्रदर्शन गरिरहेका उनीहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको हो ।
निषेधित क्षेत्र तोड्न खोजेपछि केही बेर प्रहरी र प्रदर्शनकारीबिच घम्साघम्सीसमेत भएको थियो ।
साथै प्रहरीले रास्वपाको आन्दोलनमा प्रयोग भएको गाडीको चाबी खोसेको छ । प्रहरीले चाबी खोसेपछि रास्वपा सांसद शोविता गौतमले प्रहरीसँग चाबी मागिरहेकी छन् ।
मकालु खबर
२०८१ कार्तिक २० गते
प्रतिक्रिया
सम्बन्धित