प्रेस विज्ञप्ति
११.११ अभियानको लागि सिटिजन्स बैंक र दराज बीच सम्झौता
मकालु खबर
२०८१ कार्तिक २० गते
काठमाडौँ । सिटिजन्स बैंक र नेपालको अग्रणी अनलाइन बजार दराज केयमु प्रा.लि. बिच बैंकका कार्डबाहक ग्राहकहरूलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको छ ।
यो योजना नोभेम्बर ११ (कार्तिक २६ गते) देखि लागू हुने बैंकले जनाएको छ ।
सिटिजन्स बैंकमा खाता रहेका ग्राहकहरूले दराज द्वारा ११.११ को अवधिमा अनलाइन सामान खरिद गर्दा डेबिट कार्ड मार्फत अग्रिम भुक्तानीमा १५ प्रतिशत वा अधिकतम रु २,००० सम्मको छुट र क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानीमा २० प्रतिशत वा अधिकतम रु २,५०० सम्मको छुट प्राप्त गर्न सक्नेछन् । माथि उल्लिखित पूर्व भुक्तानी छुटहरू अभियानको अवधिमा सीमित अवधिको लागि मात्र लागू हुने जनाएको छ ।
मकालु खबर
२०८१ कार्तिक २० गते
प्रतिक्रिया
सम्बन्धित