प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार
मकालु खबर
२०८१ कार्तिक २० गते
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको छ । सोमबार बेलुकीदेखि ज्वरो आएपछि प्रधानमन्त्री ओलीको मंगलबार रगत जाँच गरिएको थियो । डेंगु भएको आशंकामा रगत जाँच गर्दा डेंगु भने नदेखिएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।
ज्वरो आएर अस्वस्थ भएपछि प्रधानमन्त्री ओलीले मंगलबार अत्यावश्यकबाहेक अन्य भेटघाट गरेका थिएनन् । प्रधानमन्त्री निवास बालुवाटारमै उनी आराम गरिरहेका छन् ।
मकालु खबर
२०८१ कार्तिक २० गते
प्रतिक्रिया
सम्बन्धित