अमेरिकी राष्ट्रपति निर्वाचन

सुरुवाती मतगणनामा ह्यारिसभन्दा ट्रम्प धेरै अगाडि

काठमाडौं । अमेरिकाको ४७‍औं राष्ट्रपति छान्न मंगलबार भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । सुरुवाती मतपरिणामअनुसार रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प अगाडि देखिएका छन् ।

सीएनएनका अनुसार उनी अहिलेसम्म १९५ इलेक्टोरल मतसहित अगाडि देखिएका छन् भने डेमोक्रेटिक पार्टीकी उम्मेदवार उपराष्ट्रपति कमला ह्यरिस ९१ इलेक्टोरल मतमा अगाडि छिन् । राष्ट्रपतिमा निर्वाचित हुन कुल ५३८ इलेक्टोरल मतमध्ये कम्तीमा २७० ल्याउनुपर्नेछ ।

अमेरिकाका ५० राज्यका लागि जनसंख्याका आधारमा ५३५ र संघीय राजधानी ‘डिस्ट्रिक्ट अफ कोलम्बिया’ का लागि ३ इलेक्टोरल मत निर्धारण गरिएको छ । अहिले सार्वजनिक मतपरिणाम सुरुवातको हो । त्यसैले अहिलेकै अग्रतालाई लिएर कसले जित्न सक्छ भन्ने अनुमान गर्न कठिन हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *