स्पेनमा बाढीका कारण २१७ जनाको मृत्यु

काठमाडौं । स्पेनका विभिन्न स्थानमा आएको बाढीका कारण हालसम्म २१७ जनाको निधन भएको छ । स्पेनको उत्तर–पूर्वमा रहेको क्याटालोनिया क्षेत्र बाढीको चपेटामा परेको छ ।

छिमेकी भ्यालेन्सियामा उद्धार कार्य जारी छ । स्पेनका यातायात मन्त्री ओस्कर पुएन्टेले स्पेनी मौसम विज्ञान एजेन्सीले क्यास्टेलोन, तारागोना र बार्सिलोना प्रान्तहरूमा भारी वर्षाको लागि रेड अलर्ट जारी गरेपछि यस क्षेत्रमा स्थानीय रेल सेवाहरू रद्द गरिएको पुष्टि गरे ।

अत्यावश्यक बाहेकको यात्रा नगर्न पनि सरकारले अनुरोध गरेको छ । गत हप्ताको मङ्गलवार रातिदेखि बुधवार बिहानसम्म ४०० लिटर प्रतिवर्गमिटरभन्दा बढी पानी परेपछि यी शहरमा ठूलो क्षति पुगेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *