ट्रम्पलाई बधाईको ओइरो, इजरायली प्रधानमन्त्रीले भने–‘यो ठुलो विजय हो !’
काठमाडौं । अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्पले राष्ट्रपति चुनावमा विजयी भएको घोषणा गरेसँगै विश्वका केही नेताहरुले उनलाई बधाई दिन थालेका छन् ।
“इतिहासको सबैभन्दा ठूलो पुनरागमनको लागि बधाई! ह्वाइट हाउसमा तपाईंको ऐतिहासिक फिर्तीले अमेरिकाको लागि नयाँ सुरुवात र इजरायल र अमेरिका बीचको महान् गठबन्धनको लागि शक्तिशाली पुनः प्रतिबद्धता प्रदान गर्दछ,“ इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भने ।
उनी थप्छन्– ‘यो ठूलो विजय हो !’
र हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले पनि ट्रम्पलाई बधाइ दिएका छन् । उनले भनेका छन्–‘अमेरिकी राजनैतिक इतिहासमा सबैभन्दा ठूलो पुनरागमन ! राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उनको ठूलो जीतको लागि बधाई। विश्वको लागि धेरै आवश्यक जीत !’
ट्रम्पले विजय घोषणा गरेका छन्– तर उनी अझै इलेक्टोरल कलेज भोटहरूको आवश्यक संख्यामा पुगेका छैनन् । उसलाई चाहिने २७० मध्ये चार कम छ । कमला ह्यारिसले २१९ इलेक्टोरल भोट ल्याएकी छन् ।