प्यालेस्टाइनलाई विश्वव्यापी मान्यता दिन एर्दोगानको आह्वान

काठमाडौं । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले सबै देशहरूले प्यालेस्टाइन राज्यलाई मान्यता दिन आह्वान गरेका छन् । इस्तानबुलमा इस्लामिक सहयोग संगठनको आर्थिक र व्यावसायिक सहयोगका लागि स्थायी समितिको ४० औं सत्रमा सम्बोधन गर्दै एर्दोगानले उक्त टिप्पणी गरेका हुन् ।

टर्कीका नेताले प्यालेस्टाइन र लेबनानी जनताको न्यायिक संघर्षलाई समर्थन गर्न इस्लामिक संसारमा एकताको आवश्यकतालाई पनि जोड दिए ।इजरायलले गाजामा प्रज्वलित गरेको आगोलाई रोक्न आवश्यक रहेको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *