नेपालको शानदार जित, थाइल्यान्ड ३५ रनमै अलआउट

काठमाडौँ । आइसीसी यु–१९ महिला टी–ट्वान्टी विश्वकपको एसिया छनोटअन्तर्गत नेपालले विजयी सुरुवात गरेको छ ।

नेपालले थाइल्यान्डमाथि शानदार जित दर्ता गर्दै विजयी सुरुवात गरेको हो । नेपालले दिएको १०३ रनको लक्ष्य पच्छ्याएको थाइल्यान्ड ३५ रनमै अलआउट भयो ।

नेपालको जितमा कप्तान पूजा महतोले कप्तानी पारि खेलिन् । उनले ब्याटिङ र बलिङमा उत्कृष्ट प्रदर्शन गरिन् ।

थाइल्यान्डलाई ३५ रनमै अलआउट गर्न रचना कुमारी चौधरीले ४ विकेट लिइन् । यस्तै, पूजा महतो र रिया शर्माले २–२ विकेट लिइन् । करिस्मा गुरुङ र मनीषा कुमारी चौधरीले समान १–१ विकेट लिइन् ।

थाइल्यान्डले टस जितेर फिल्डिङ राजेपछि नेपालले ब्याटिङ गरेको थियो । नेपालका लागि ओपनर साना प्रवीण ५, साबित्रा धामीले ७ रन बनाए । कप्तान पूजा महतोले सर्वाधिक ३५ रन बनाइन् भने सोनिया पाख्रिनले १९ रनको योगदान दिइन् ।

ज्योत्सिन्का मरासिनीले ४ रन बनाउँदा सीमा केसीले १९ रनमा नट आउट रहिन् । एलिसाकुमारी यादव ७ रनमा रन आउट भइन् ।

युनाइटेड अरब इमिरेट्स (युएई) मा आजदेखि सुरु भएको उक्त प्रतियोगिता यही कात्तिक २८ गतेसम्म चल्ने छ । प्रतियोगितामा नेपालसहित युएई, कुवेत र थाइल्यान्ड सहभागी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *