उपनिर्वाचनमा भाग लिँदै रास्वपा, गर्यो उम्मेदवारका लागि दरखास्त आव्हान
मकालु खबर
२०८१ कार्तिक २२ गते
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तहको उपनिर्वाचनमा भाग लिने निर्णय गरेको छ । पार्टीको केन्द्रीय निर्वाचन समन्वय समितिका अनुसार उपनिर्वाचन हुन लागेका सबै स्थानमा उम्मेदवारी दिइने भएको हो ।
त्यसकालागि पार्टीले उम्मेदवारको दरखास्त आह्वान गर्ने भएको छ । सकभर सर्वसम्मतका आधारमा उम्मेदवार चयन गरिने बताइएको छ । स्थानीय तह निर्वाचनमा रास्वपा पहिलोपटक भाग लिन लागेको हो ।
२०७९ सालमा स्थानीय तह चुनाव हुँदा रास्वपाको जन्म नै भएको थिएन । आगामी मङ्सिर १६ गते जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी ४४ रिक्त पदमा चुनाव हँदैछ ।
मकालु खबर
२०८१ कार्तिक २२ गते
प्रतिक्रिया
सम्बन्धित