बार्सिलोनाको सजिलो जित, आर्सनल र पीएसजी स्तब्ध

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले च्याम्पियन्स लिगमा फराकिलो जितमा हात पारेको छ । बिहीबार बिहान भएको खेलमा बार्सिलोनाले सर्बियन क्लब क्रिभेना ज्भेज्दालाई ५-२ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाका लागि भेट्रान फरवार्ड रोबर्ट लेवनडोस्कीले दुई गोल गरे । यो सँगै उनको गोल संख्या ९९ पुगेको छ । उनीबाहेक बेलग्रेडमा इनिगो मार्टिनेज, राफिन्हा र फेरमिनो लोपेजले गोल गरे । हान्सी फ्लिकको टिमको यो सबै खाले प्रतियोगितामा गरेर लगातार सातौं जित हो ।

फ्लिकको पूर्व क्लब बायर्न म्युनिकले भने एलिनाज एरिनामा बेनफिकालाई १-० ले हरायो र त्यसमा जमल मुसिएलाले दोस्रो हाफमा एक मात्र गोल गरे । बायर्नको यो चौथो खेलमा दोस्रो जित मात्रै हो ।

दुई इंग्लिस प्रियिमर लिग क्लब एस्टन भिल्ला र आर्सनल भने पराजित रहे । क्लब ब्रुगले भिल्लालाई १-० ले हरायो भने इन्टर मिलानले आर्सनललाई १-० ले नै पराजित गर्‍यो । पेरिस सेन्ट जर्मेन (पीएसजी) खराब हार बेहोर्ने अर्को टिम रह्यो । पीएसजी घरमै एटलेटिको म्याड्रिडसँग २-१ ले पराजित रह्यो र यो नतिजाले फ्रान्सेली च्याम्पियन्सको यस सिजनको युरोपेली सपना कमजोर हुँदै गएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *