चलचित्र ‘ह्रस्व दीर्घ’को प्रिमियरमा भारतीय कलाकार सहभागि हुने

काठमाडौं । भारतीय कलाकार प्रदीप रावत र ब्रम्हानन्दम काठमाडौं आउने भएका छन् । नेपाली चलचित्र ‘ह्रस्व दीर्घ’को प्रिमियरमा सहभागी हुन उनीहरू नेपाल आउन लागेका हुन् । चलचित्रको प्रिमियर कार्तिक २९ मा हुँदैछ ।

फिल्ममा नीता ढुंगाना,हरिहर अधिकारी, ब्रह्मानन्दम,‘पुष्पा’ भिलेन सुनिल बर्मा, अली, कबीर दुहन सिंह सहित सरोज खनाल, रेखा थापा, सञ्चिता लुइँटेल, प्रशान्त ताम्राकार, किरण केसी, रविन्द्र झा, आदर्श मिश्र लगायतको अभिनय रहेको छ । यही कार्तिक ३० देखि नेपाल र भारतमा एकसाथ चलचित्र प्रदर्शनमा आउँदै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *