मिस्त्री परिवारमा खुसी ल्याउन डा.शर्माको पहल

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माको पहलमा सर्लाहीका एक परिवारको निःशुल्क उपचार हुने भएको छ ।

आर्थिक अवस्था कमजोर भएका सर्लाहीकी पुनित्ता मिस्त्रीको परिवारको निःशुल्क उपचार हुने भएको हो ।

निःशुल्क स्वास्थ्य शिविरबाट सिफारिस भएका उनीहरूको उपचारको व्यवस्था गरिएको डा.शर्माले बताए ।

स्वास्थ्य शिविरमा चेकजाँच गरी रिफर भएका सर्लाहीकी पुनित्ता मिस्त्री र उनका २ नाबालक छोराको निःशुल्क उपचारको व्यवस्था मिलाइएको उनले बताए ।

पुनिता मिस्त्रि र उनका १४ वर्षीय छोरा बिटू मिस्त्रीको काठमाडौं मेडिकल कलेजमा निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइएको र निःशुल्क औषधिको पनि व्यवस्था गरेको उनले बताए ।

‘स्वास्थ्य शिविरमा चेकजाँच गरी रिफर भएका सर्लाही जिल्ला क्षेत्र नम्बर १ का आर्थिक अवस्था एकदमै नाजुक भएकी पुनित्ता मिस्त्री २ नाबालक छोरा सहित निःशुल्क उपचारको लागि अनुरोध गर्न मेरो सम्पर्क कार्यालय सिनामंगलमा भेट्न आउनु भएको छ,’उनले भने, ‘पुनिता मिस्त्रि र उहाँको १४ वर्षीय छोरा बिटू मिस्त्रीको काठमाडौं मेडिकल कलेजमा निःशुल्क उपचार गर्ने व्यवस्था मिलाएको छु । साथै निःशुल्क औषधिको पनि व्यवस्था मिलाइदिएको छु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *