दक्षिण अफ्रिकाले भारतलाई हरायो
मकालु खबर
२०८१ कार्तिक २६ गते
काठमाडौँ । भारत दक्षिण अफ्रिकासँगको टी-२० सिरिजको दोस्रो खेलमा पराजित भएको छ । गएराती सम्पन्न खेलमा दक्षिण अफ्रिकाले भारतलाई ३ विकेटले पराजित गरेको हो ।
भारतले दिएको १२५ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले १९ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । यस अघि पहिला ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाउँदै १२४ रन बनाएको थियो ।
दक्षिण अफ्रिकाको यो जितपछि ४ खेलको सिरिज १-१ ले बराबरी भएको छ । यस अघि पहिलो खेल भारतले जितेको थियो । अब सिरिजको तेस्रो खेल बुधबार हुने छ ।
मकालु खबर
२०८१ कार्तिक २६ गते
प्रतिक्रिया
सम्बन्धित