इजिप्टमा शरण खोज्दै १.२ मिलियन सुडानी
मकालु खबर
२०८१ कार्तिक २६ गते
काठमाडाैं । सुडानमा जारी द्वन्द्वबाट भागेका सुडानी शरणार्थीहरूको लागि इजिप्ट सबैभन्दा ठूलो गन्तव्यस्थल बनेको छ । शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त (युएनएचसिआर) ले अप्रिल २०२३ देखि १.२ मिलियन सुडानीहरू इजिप्टमा शरण खोजिरहेको तथ्यांक सार्वजनिक गरेको हो ।
१.२ मिलियन भन्दा बढी सुडानीहरूले मध्य अप्रिल २०२३ मा युद्ध शुरु भएदेखि इजिप्टमा अन्तर्राष्ट्रिय सुरक्षा खोज्दैछन् । सुडानी सशस्त्र बल र अर्धसैनिक ¥यापिड सपोर्ट फोर्स (आरएसएफ) बीचको चलिरहेको द्वन्द्वले छिमेकी देशहरू र बाहिरका देशहरूमा शरण खोज्ने तीस लाख व्यक्तिहरूलाई विस्थापित गरेको छ । सुडानी मानवीय संकटको परिमाणले इजिप्टको स्रोत र पूर्वाधारमा ठूलो दबाब दिएको छ ।
मकालु खबर
२०८१ कार्तिक २६ गते
प्रतिक्रिया
सम्बन्धित