स्थानीय तह उपनिर्वाचन : मुख्य निर्वाचन अधिकृत र अधिकृत नियुक्त,को कहाँ ?

काठमाडौं । आगामी मंसिर १६ गते स्थानीय तह उपनिर्वाचन हुँदैछ । निर्वाचन नजिकिएसंगै आयोगले पनि तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । यसैबीच स्थानीय तहको उपनिर्वाचनका लागि सोमबार मुख्य निर्वाचन अधिकृत र अधिकृतहरुको नियुक्त गरिएको छ ।

निर्वाचन आयोगले ३२ जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र ६ जना राजपत्राङ्कित कर्मचारीहरूलाई निर्वाचन अधिकृतमा नियुक्त गरिएको आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद सापकोटाद्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘मिति २०८१/८/१६ गते हुने स्थानीय तह उपनिर्वाचन,२०८१ का लागि स्थानीय तह निर्वाचन ऐन,२०७३ को दफा ७ बमोजिम देहायका ३२ जना माननीय जिल्ला न्यायाधीसहरुलाई तपशिलको स्थानीय तहको मुख्य निर्वाचन अधिकृतको पदमा र ६ जना राजपत्राङ्कित कर्मचारीहरुलाई निर्वाचन अधिकृतको पदमा आयोगबाट मिति २०८१/७/२६ गते देखी लागू हुने गरि नियुक्त गरिएको छ’,आयोगका सहसचिव एवं प्रवक्ता सापकोटाद्धारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।

निर्वाचन अधिकृतहरुको तालिम बुधवारदेखी सुरु हुने निर्वाचन आयोगका सुचना अधिकारी सुमन घिमिरेले मकालुखबरलाई जानकारी दिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *