अन्तर्राष्ट्रिय सिस्मे फेयरमा नेपालबाट ३२ वटा स्टल रहने (भिडिओ)
काठमाडौं । चीनको ग्वान्जाओमा हुने अन्तर्राष्ट्रिय सिस्मे फेयरमा नेपालका मझौला उद्योगी, व्यवसायीहरुले सहभागिता जनाउने भएको छन् ।
आईतवार साना तथा मझौला व्यवसायी महासंघका सदस्यहरु अन्तर्राष्ट्रिय सिस्मे फेयरमा सहभागी जनाउन चीन प्रस्थान गरेका हुन् ।
मेलामा नेपालले ३२ वटा स्टल राख्ने साना तथा मझौला व्यवसायी महासंघकी अध्यक्ष इनु पौडेलले बताए ।
उनले नेपालको तर्फबाट ३२ वटा स्टल राख्ने र ३६ जना साना तथा मझौला व्यवसायीहरु चीन प्रस्थान गरेको जानकारी दिए ।
उनले यस्ता मेलाले नेपालमा उत्पादन हुने वस्तुहरुको गुणस्तर मापन हुनुका साथै बजारीकरणका लागि सहज हुने बताए ।
उनले नेपालमा उत्पादन भएको पस्मिना, मूर्ति, थान्का, चियापत्तीहरुको स्टलहरु राख्ने बताए ।
उनले भने– ‘हामी अन्तर्राष्ट्रिय सिस्मे फेयरमा जान लागेका छौँ । यो चीन सरकारले हामीलाई सहयोग स्वरुप उपलब्ध गराइदिनुभएको स्टल हो । हामीले ३२ वटा स्टल लिएर जाँदैछौँ । ३६ जना सहभागी छौँ । नेपालमा उत्पादन भएको पस्मिना, मूर्ति, थान्का, चियापत्तीहरुको स्टलहरु लिएर हामी जाँदैछौँ । यस्तो कार्यक्रममा संस्था सहभागी हुँदा सहुलियत दिन आग्रह गर्छु । सामान लैजाँदा र उताबाट स्टक भयो भने त्यसका सहुलियत दिनुपर्छ । त्यसो गर्नाले नेपालको उत्पादन अन्तर्राष्ट्रिय बजारमा जान्छ । त्यसले नेपालको शान बढ्छ । यसले नेपाल र चीनको सम्बन्धलाई अझ गाढा बनाउँछ ।’
अन्तर्राष्ट्रियस्तरका मेलाहरुले नेपालमा उत्पादित सामग्रीलाई बजारीकरण गर्न र अन्तर्राष्ट्रिय बजारमा पुयाउन सहयोग पुग्ने बताए । मेला कार्तिक ३० गतेदेखि मंसिर ३ गतेसम्म सञ्चालन हुनेछ ।