अजरबैजानमा कोप–२९ शुरु
मकालु खबर
२०८१ कार्तिक २७ गते
काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि कोप—२९ का पक्षहरूको सम्मेलनको २९ औँ सत्र सोमवार अजरबैजानको राजधानी बाकुमा शुरु भएको छ ।
यस वर्षको जलवायु सम्मेलनको उद्देश्य विकासोन्मुख देशहरूको समर्थनमा विकसित देशहरूले वार्षिक १०० अर्ब अमेरिकी डलर परिचालन गर्ने र उपलब्ध गराउने विद्यमान सामूहिक लक्ष्यलाई बदल्न नयाँ जलवायु परिवर्तन कोष लक्ष्य खोज्ने राखिएको छ ।
नोभेम्बर ११–२२ को लागि निर्धारित सम्मेलन विश्वव्यापी कार्बन व्यापार बजार, साथै जीवाश्म ईन्धनबाट विश्वव्यापी ऊर्जा संक्रमण जस्ता विषयहरूमा पनि केन्द्रित हुनेछ ।
कोप—२९ का अध्यक्ष–निर्वाचित र अजरबैजानका पारिस्थितिकी र प्राकृतिक स्रोत मन्त्री मुख्तार बाबेभले उद्घाटन समारोहमा नयाँ लक्ष्य तत्काल समस्याहरू सम्बोधन गर्न प्रभावी र पर्याप्त हुनुपर्ने बताए ।
मकालु खबर
२०८१ कार्तिक २७ गते
प्रतिक्रिया
सम्बन्धित