सरकारी वकिलको कार्यालयमा रवि लामिछानेसँग बयान सुरु
मकालु खबर
२०८१ कार्तिक २७ गते
काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देही लगिएको छ ।
उनलाई विमान स्थलबाट सिधै सरकारी वकिलको कार्यालय लगिएको हो ।
लामिछानेसँग सुप्रिम सहकारी ठगी प्रकरणमा उनीसँग बयान लिन सुरु गरिएको छ ।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा लामिछानेमाथि अनुसन्धान भइरहेको छ ।
२६ दिनदेखि कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई पोखराबाट बुद्ध एयरको विमान मार्फत भैरहवा लगिएको थियो ।
लामिछानेलाई भैरहवा पुर्याउने बित्तिकै रास्वपा लुम्बिनी प्रदेशले भैरहवाको बुद्ध चोक, लुम्बिनी गेटमा प्रदर्शन गरिहरेको छ ।
मकालु खबर
२०८१ कार्तिक २७ गते
प्रतिक्रिया
सम्बन्धित