प्रेस विज्ञप्ति

इन्ड्राइभले नेपालमा लन्च गर्यो नयाँ ‘इन्ड्राइभ कम्फर्ट’ सुविधा

काठमाडौँ । इन्ड्राइभ, ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्मले यात्रुहरूलाई थप आरामदायी, प्रिमियम राइड विकल्प उपलब्ध गराउने उद्देश्यले नेपालमा आफ्नो नयाँ ‘इन्ड्राइभ कम्फटर्‘ फिचर सुविधा सुरु गरेको छ ।

यात्राको अनुभव बढाउन डिजाइन गरिएको इन्ड्राइभ कम्फर्ट सुविधाले यात्रुहरूलाई परिष्कृत सुविधाहरू सहितको प्रिमियम लेभलका सवारी साधनमा यात्रा गर्न सहज बनाउने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार कम्फोर्ट सवारीहरू उच्च गुणस्तरका सवारी साधनहरू र उच्च स्तरको सेवा प्रदान गर्न समर्पित तथा हाइरेटिङ्ग गरिएका ड्राइभरहरूका साथ यात्रा गर्न खोज्नेहरूका लागि उपयुक्त छ । नयाँ सुविधासँगै, नेपाली यात्रुहरूले अब थप आरामदायी र सुविधाजनक यात्राको आनन्द लिन इन्ड्राइभ कम्फर्ट राइडहरू रोज्न सक्ने कम्पनीले जानकारी दिएको छ ।

इन्ड्राइभ साउथ एसियाका सिनियर मार्केटिङ म्यानेजर, अविक कर्माकारले भने, ‘इन्ड्राइभमा, हामी हाम्रा ग्राहकहरूको आवश्यकताहरू पूरा गर्न किफायती, सुविधाजनक वा थप कम्फोर्ट सवारी विकल्पहरू प्रदान गर्न समर्पित रहेका छौँ । इन्ड्राइभ कम्फर्ट राइडको सुरुवात नेपालमा इन्ड्राइभको लागि आकर्षक विकास हो । हामी हाम्रा प्रयोगकर्ताहरूको विशिष्ट आवश्यकताहरू पूरा गर्ने उपयुक्त सवारी विकल्पहरू प्रस्ताव गर्न प्रतिबद्ध छौँ । इन्ड्राइभ कम्फर्टको साथ, यात्रुहरूले फराकिलो, रमाइलो र उचित मूल्यको सवारीको प्रतीक्षा गर्न सक्छन्, जबकि हाम्रा चालक साझेदारहरूले उत्कृष्ट सेवा प्रदान गर्ने थप अवसरहरू प्राप्त गर्छन् ।’

इन्ड्राइभ कम्फोर्ट फिचरको बारेमा :

आरामदायी सवारीका लागि उच्च गुणस्तरका कारहरु : कम्पनीका अनुसार इन्ड्राइभ कम्फर्ट श्रेणीका सबै सवारी साधनहरू उत्कृष्ट अवस्थामा रहेका छन र रमाइलो यात्राका लागि वातानुकूलित छन । यसले काठमाडौंको भिडभाड हुने ट्राफिकमा पनि सहजै यात्राको सुनिश्चित गर्दछ । इन्ड्राइभ कम्फर्ट कारहरूमा इन्टेरियर सफा हुने हुँदा यात्रुहरूलाई सहज र रमाइलो यात्रा प्रदान गर्दछ ।

फराकिलो इन्टेरियर भएका सेडान क्लासका गाडीहरू : इन्ड्राइभ कम्फर्ट सवारीहरूमा सेडान–क्लासका गाडीहरू समावेश रहेका छन, जसले यात्रुहरूलाई थप ठाउँ र सुविधाको अतिरिक्त क्लास प्रदान गर्दछ। एक्लै यात्रा गर्दा होस वा साथीहरू वा परिवारसँग, यात्रुहरूले आरामको लागि प्रशस्त लेगरुम पाउनेछन् ।

प्रिमियम अनुभवको लागि उचित मूल्य : इन्ड्राइभ उचित र पारदर्शी मूल्य निर्धारण गर्न प्रतिबद्ध रहेको छ, र इन्ड्राइभ कम्फर्ट सुविधामा पनि उस्तै रहेको छ। यात्रुहरूले अब फराकिलो इन्टेरियर, गुणस्तरीय गाडी र थप सुविधाका साथ प्रिमियम सवारी अनुभवको आनन्द लिन सक्छन्— त्यो पनि सबै उचित मूल्यमा ।

आरामदायी, फराकिलो र ह्यासल–फ्री राइड : इन्ड्राइभ कम्फर्ट सुविधा सहरी यात्राको सामान्य तनावबाट मुक्त मात्र नभएर आरामदायी यात्रा गर्नेहरूका लागि डिजाइन गरिएको हो। अधिक लेगरुम, सहज ड्राइभिङ अनुभव, र टप रेटिङ्ग गरिएका ड्राइभरहरूका साथ, यात्रुहरूले एक उत्कृष्ट सवारीको आनन्द लिन सक्छन् ।

इन्ड्राइभ कम्फर्ट राइड सुविधाले यात्रुहरूका लागि छनोटको अर्को तह थपेको छ, जसले अब आफ्नो यात्रा आवश्यकताहरूको आधारमा स्ट्याण्डर्ड सवारी र प्रिमियम इन्ड्राइभ कम्फर्ट अनुभवहरू बीच छनोट गर्न सक्ने कम्पनीले जानकारी दिएको छ । यो सुविधा उच्च मूल्याङ्कन कायम राख्ने र प्रिमियम सवारी साधन चलाउने चालकहरूका लागि पनि लाभदायक रहेको र उनीहरूलाई इन्ड्राइभ कम्फर्ट राइडहरू मार्फत थप आम्दानी गर्ने अवसर पनि प्रदान गर्ने कम्पनीले दाबी गरेको छ ।

पवित नन्दा आनन्द, एसिया प्यासिफिक कम्युनिकेसन्स लिड, इन्ड्राइभले भनिन, ‘हामी चालक र यात्रु दुवैलाई आफ्नो प्राइस रोज्ने स्वतन्त्रता दिएका छौँ । त्यसैले, तपाईँले ड्राइभर चयन गर्न पाउनुहुन्छ। हाम्रो पूर्ण पारदर्शी मोडेलमा यात्राहरू हुन्छन्। हामी यात्रु र चालक दुवैको हातमा राइडशेयर सर्तहरू उपलब्ध गराएर सबै प्रयोगकर्ताहरूलाई छनोट र निष्पक्षताको स्वतन्त्रता ल्याउन हामी सधैँ प्रतिबद्ध छौं ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *