बक्यौता नतिर्ने उद्योगको लाइन जोड्ने निर्णय
मकालु खबर
२०८१ कार्तिक २७ गते
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति बैठकले काटिएका उद्योगका लाइन जोड्ने निर्णय गरेको छ । मंगलवार बसेको सञ्चालक समितिको बैठकले बक्यौता नतिर्ने उद्योगका डेटिकेटड तथा ट्रंक लाइन जोड्ने निर्णय गरेको हो ।
डेडिकेटेड तथा ट्रंक लाइन विवादमा काटिएको उद्योगहरुको लाइन जोड्न मन्त्रिपरिषद् बैठकले निर्देशन दिएकामा त्यसको कार्यान्वयनको निर्णय सञ्चालक समिति बैठकले गरेको हो ।
यसअघि प्राधिकरणले गत कार्तिक ८ गते बक्यौता विवाद रहेका सबै उद्योगको लाइन काटेको थियो । आइतबर बसेको मन्त्रिपरिषद् बैठकले टीओडी डाटा बमोजिम १५ दिनभित्र यो विवादको बक्यौता असुल गर्ने निर्णय समेत गरेको थियो ।
मकालु खबर
२०८१ कार्तिक २७ गते
प्रतिक्रिया
सम्बन्धित