बक्यौता नतिर्ने उद्योगमा लाइन जोड्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । बक्यौता नतिर्ने उद्योगहरूको लाइन जोड्ने मन्त्रिपरिषद्को निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

मन्त्रिपरिषद् बैठकको निर्णयविरुद्ध अधिवक्ता खडानन्द कँडेलले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । बुधवार रिटको पेसी तोकिएको छ ।

उद्योगहरूले डेडिकेटेड तथा ट्रंकलाइन प्रयोग बाफतको बक्यौता नतिरेपछि नेपाल विद्युत् प्राधिकरणले यही कार्तिक ८ गते उद्योगहरुको लाइन काटेको थियो ।

आइतबारको मन्त्रिपरिषद् बैठकले उद्योगहरुको लाइन जोड्न निर्देशन दिएको थियो । जसअनुसार प्राधिकरणको मंगलबार बसेको सञ्चालक समितिको बैठकले बक्यौता नतिर्ने उद्योगहरुमा लाइन जोड्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *