३४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
मकालु खबर
२०८१ कार्तिक २७ गते
दाङ । ३४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा गढवा गाउँपालिका–१ जुरौनी बस्ने रोल्पा लुङ्ग्री गाउँपालिका–२ घर भएका २३ वर्षीय दीपक विकलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
विकले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय गढवा र अस्थायी प्रहरी पोष्ट कालाकाटेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरी केन्द्रीय कार्यालयले जनाएको छ ।
मकालु खबर
२०८१ कार्तिक २७ गते
प्रतिक्रिया
सम्बन्धित