रास्वपाले रोक्यो पत्रकार सम्मेलन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आजका लागि राखिएको पत्रकार सम्मेलन स्थगित गरेको छ ।

अर्को सूचना नआए सम्मको लागि पत्रकार सम्मेलन स्थगित गरिएको रास्वपाका कार्यबहाक प्रवक्ता मनिष झाले जानकारी दिए । उनले स्थगित गर्नुको कारण भने खुलाएनन् ।

रास्वपाले दोस्रो चरणको आन्दोलनबारे जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरेको थियो ।

सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेसँग रुपन्देहीमा लिखित बयान भइरहेको छ ।

सभापति लामिछानेको पक्षमा रास्वपाका नेता कार्यकर्ताहरूले निरन्तर सडक आन्दोलनमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *