रास्वपाका उम्मेदवारको पत्रमा हस्ताक्षर गर्ने अधिकार बुर्लाकोटीलाई
मकालु खबर
२०८१ कार्तिक २८ गते
काठमाडौं । रास्वपाका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले स्थानीय तहको उपनिर्वाचनमा भाग दिने उम्मेदवारको पत्रमा हस्ताक्षर गर्ने अधिकार पाएका छन् ।
यसअघि पार्टी सभापति रवि लामिछानेले पाएको उक्त अधिकार बुर्लाकोटीले पाएका हुन् ।
गत असोजमा बसेको केन्द्रीय समितिको बैठकले स्थानीय तह सदस्य उपनिर्वाचनमा भाग लिने निर्णय गरेको थियो ।
साथै पार्टीका तर्फबाट मनोनयन गरिने उम्मेदवारको मनोनयनको औपचारिक पत्र प्रदान गर्ने अधिकार पार्टी सभापति लामिछानेलाई दिएको थियो ।
तर, सभापति लामिछाने सहकारी प्रकरणमा पक्राउ परेको उक्त अधिकार बुर्लाकोटीलाई दिइएको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
पार्टीको औपचारिक पत्र प्रदान गर्ने पदाधिकारीको विवरण तथा दस्तखत हेरफेर गरिदिन निर्वाचन आयोगमा पत्राचार गरिएको पनि उनले बताएका छन् ।
मकालु खबर
२०८१ कार्तिक २८ गते
प्रतिक्रिया