ठगी आरोपमा अभिनेत्री ऋचा घिमिरे दम्पती विरुद्ध प्रहरीमा उजुरी
मकालु खबर
२०८१ कार्तिक २८ गते
काठमाडौं । अभिनेत्री ऋचा घिमिरे र उनका श्रीमान् विरुद्ध ठगी गरेको आरोपमा प्रहरीमा उजुरी परेको छ ।
अमेरिका लैजान्छु भनेर ठगी गरेको आरोपमा चलचित्र ‘तेल भिसा’का निर्मात्री तथा अभिनेत्री ऋचा घिमि र उनका श्रीमान् तथा चलचित्रका निर्देशक शंकर घिमिरे विरूद्ध उजुरी परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
मंगलबार उजुरी परेको भन्दै अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले बताए ।
चलचित्र तेलभिसा मंसिर ७ गते प्रदर्शनमा आउँदैछ ।
मकालु खबर
२०८१ कार्तिक २८ गते
प्रतिक्रिया
सम्बन्धित