उद्योगीलाई बक्यौता तिर्न कुलमानले दिए १५ दिनको ‘टाइम’

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अबको १५ दिनभित्र विद्युत्को बक्यौता रकम नतिरे उद्योगीहरूको लाइन फेरि काट्ने चेतावनी दिएका छन् ।

बुधवार प्राधिकरणको कार्यालयका आयोजित पत्रकार सम्मेलनमा घिसिङले भने,‘उद्योगको बक्यौता उठेन भने प्रक्रिया अनुसार अघि बढ्छौँ ।’

सरकारले गरेको निर्णयलाई मान्नु प्राधिकरणको कर्तव्य रहेको बताउँदै उनले अगाडि भने,‘कानुन बमोजिम लाइन काटेको भए पनि सरकारले जोड्नु भन्यो, हामीले मान्यौँ । अब सरकारको निर्देशन अनुरूप १५ दिनमा फेरि उद्योगको बक्यौता उठेन भने प्रक्रिया अनुसार अघि बढ्छौँ ।’

गत आइतबारको मन्त्रीपरिषद् बैठकले उद्योगहरुको लाइन जोडन् निर्देशन दिएको थियो । त्यसपछि प्राधिकरण सञ्चालक समितिको बैठकले बक्यौता नतिर्ने उद्योगहरुमा लाइन जोड्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *