यूएईलाई हराउँदै नेपाल विश्वकपमा छनोट

काठमाडौं । नेपाल आईसिसी यु–१९ महिला विश्व कपमा छनोट भएको छ ।

युएईलाई पराजित गर्दै नेपाल विश्व कपमा छनोट भएको हो । नेपालले जितका लागि ८४ रनको लक्ष्य पाएको थियो ।

नेपालले उक्त लक्ष्य १४.४ औँ ओभरमा पुरा गर्‍यो । यो जितसँगै नेपालको विश्व कप खेल्ने सपना पुरा भएको छ ।

नेपालको जितमा साना प्रवीणले सार्वधिक ३५ रन बनाइन् । उनले ४२ बलमा नटआउट ३५ रन बनाएकी हुन् ।

यस्तै कप्तान पुजा महतोले २१ रनको आक्राम इनिङ खेलिन । उनले १८ बलमा २१ रन बनाइन् ।

यस्तै सावित्री धामीले १२ रनको योगदान दिइन् भने सोनी पाख्रिन १३ रनमा नटआउट रहिन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको यूएईले निर्धारित २० ओभरमा ८३ रन जोडेको थियो । यूएईलाई मध्यम रनमा रोक्न नेपालकी करिष्मा गुरुङले घातक बलिङ गरिन् । उनले १७ रन खर्चिएर ४ विकेट लिइन् ।

रिया शर्मा र सिमाना केसीले समान २–२ विकेट लिइन् । सीमानाले १८ रन खर्चिदाँ रियाले १२ रन मात्रै खर्चिइन् ।

रचना कुमारी चौधरीले २४ रन खर्चिएर १ विकेट लिइन् ।

एसिया छनोटअन्तर्गत नेपालले यूएईमा ६ खेल खेल्यो । जसमा पाँच खेलमा जित निकाल्यो भने एक खेलमा पराजित भएको थियो ।

नेपालले पहिलो खेलमा थाइल्यान्डलाई ६७ रनले पराजित गरेको थियो । यस्तै, दोस्रोमा नेपालले कुवेतलाई १ सय ८ रनले हराएको थियो । तेस्रो खेलमा नेपाल घरेलु टोली युएईसँग १३ रनले पराजित भएको थियो ।

नेपालले चौथो खेलमा आइतबार थाइल्याण्डलाई एक सय ६ रनले पराजित गरेको थियो । मङ्गलबार भएको पाँचौँ खेलमा नेपालले कुवेतलाई एक सय ६५ रनको फराकिलो अन्तरले हराएको थियो ।

प्रतियोगितामा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *