विद्यापतिको बहुआयामिक व्यक्तित्वबाट नयाँ पुस्ताले शिक्षा ग्रहण गर्नुपर्छ : विमलेन्द्र निधी

काठमाडौँ । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधीले मैथिली भाषाका महाकवि विद्यापतिको बहुआयामिक व्यक्तित्वबाट नयाँ पुस्ताले शिक्षा ग्रहण गर्नु आजको आवश्यकता रहेको बताएका छन् ।

विद्यापति स्मृति पर्वको अवसरमा विद्यापति ट्रष्टले जनकपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता निधीले विद्यापति बहुआयामिक प्रतिभाका धनी रहेकाले उनको व्यक्तित्वबाट नयाँ पुस्ताले शिक्षा ग्रहण गर्नु आवश्यक रहेको बताएका हुन् ।

निधीले विद्यापति एक भूमिकामा बाँधिने कवि नभई पथप्रदर्शक भएको बताए । उनलाई कविको रुपमा मात्रै देखिनु बेइमानी हुने बताउँदै निधीले उनी क्रान्तिकारी समेत रहेको बताए । विद्यापति राजनीतिक क्रान्ति, सामाजिक क्रान्ति तथा राज्य शासन संचालन पद्धतिको प्रणेता रहेको निधिको भनाई थियो ।

विद्यापति स्मृति पर्वको अवसरमा आयोजित कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज साह, उपप्रमुख किशोरी साह लगायतको उपस्थिति रहेको थियो । पर्वको अवसरमा विद्यापतिमाथी केन्द्रित रहेर कविहरूले आ–आफ्नो कविता समेत वाचन गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *