तिलक बर्माले हाने शतक, दक्षिण अफ्रिकाविरुद्ध भारत विजयी
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०८१ कार्तिक २९ गते
![तिलक बर्माले हाने शतक, दक्षिण अफ्रिकाविरुद्ध भारत विजयी](https://www.makalukhabar.com/wp-content/uploads/2024/11/India2024-11-14-06-51-35_1000x667_50.png)
काठमाडौँ । भारतले दक्षिण अफ्रिकाविरुद्धको टी-२० सिरिजमा दोस्रो जित हासिल गरेको छ । गएराती सम्पन्न सिरिजको तेस्रो खेलमा भारतले ११ रनको जित हासिल गरेको हो । भारतले दिएको २२० रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले २० ओभरमा ७ विकेट गुमाउँदै २०८ रन बनाएको थियो ।
दक्षिण अफ्रिकाका लागि मारको जानसेनले सर्बाधिक ५४ रन बनाएका थिए भने भारतीय बलर अर्शदीप सिंहले ३ विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाउँदै २१९ रन बनाएको थियो । भारतका लागि तिलक बर्माले १०७ रनको शतकीय पारी खेलेका थिए भने अभिषेक शर्माले ५० रन बनाएका थिए ।
यो जितपछि भारतले ४ खेलको सिरिजमा २-१ को अग्रता हासिल गरेको छ । अब सिरिजको चौथो तथा अन्तिम खेल शुक्रबार हुने तालिका रहेको छ ।
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०८१ कार्तिक २९ गते
प्रतिक्रिया
सम्बन्धित