विश्व च्याम्पियन अर्जेन्टिना विश्वकप छनोटमा पराजित

काठमाडौं । विश्व च्याम्पियन अर्जेन्टिना दक्षिण अमेरिकी विश्वकप छनोटमा पराग्वेसँग पराजित भएको छ । शुक्रबार सम्पन्न खेलमा पराग्वेले अर्जेन्टिनालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

पराग्वेको जितमा एन्टोनियो सानाबरिया र ओमार अलडेरेटेले एक एक गोल गरेका थिए । अर्जेन्टिनाका लागि एक गोल लाउतारो मार्टिनेजले गरेका थिए । यो विश्वकप छनौटमा अर्जेन्टिनाको तेस्रो हार हो ।

हारपछि पनि अर्जेन्टिनाको ११ खेलमा २२ अंकका साथ शीर्ष स्थानमा रहेको छ । पराग्वेको यो जितपछि ११ खेलमा १६ अंक भएको छ र लिगमा छैटौं स्थानमा छ । यसअघि ब्राजिलले भेनेजुएलासँग १-१ को बराबरी खेलेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *