प्रकाश भुजेलको लाइसेन्स फेला, अझै पाँच दिन थुनामा राखिने

काठमाडौं । शङ्खरापुर नगरपालिका-९ इन्द्रायणीस्थित साँखु-थलि सडकखण्डमा प्रकाश भुजेलले चलाएको कारको ठक्करबाट एक जनाको मृत्यु भएको प्रकरणमा पक्राउ परेका भुजेलविरुद्ध अनुसन्धान गर्न पाँच दिन म्याद थप गरिएको छ ।

जिल्ला अदालत काठमाडौँले भुजेललाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । बुधबार दिउँसो काठमाडौँ शङ्खरापुर नगरपालिका-९ इन्द्रायणीस्थित शाखु-थलि सडकखण्डमा थलिबाट साँखुतर्फ आउँदै गर्दा प्रकाश भुजेलले चलाएको बा१९च २६९५ नम्बरको कारको ठक्करबाट बाप्र-०२-०१८प ६८७५ नम्बरको बाइक चालक कागेश्वरी मनोहरा-२ का ३८ वर्षीय नारायण नगरकोटीको मृत्यु भएको थियो ।

भुजेलले चलाएको कारको ठक्करबाट बाइकमा सवार मृतक नारायणकी श्रीमती ३२ वर्षीया सानुमाया नगरकोटी गम्भीर घाइते भएकी र उनको अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै झाँक्रीको साथमा सवारी चालक अनुमतिपत्र फेला नपरेपछि प्रहरीले यातायात व्यवस्था विभागबाट उनको सवारी चालक अनुमति पत्रको प्रतिलिपी झिकाएको छ । झाँक्रीको लाइसेन्स यातायातबाट मगाएर अनुसन्धान भइरहेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *