इजिप्टको बेरोजगारी दर तेस्रो त्रैमासिकमा ६.७ प्रतिशत

काठमाडौं । इजिप्टमा बेरोजगारी दर २०२४ को तेस्रो त्रैमासिकमा ६.७ प्रतिशतमा पुगेको छ । जुन २०२४ को दोस्रो त्रैमासिकको तुलनामा ०.२ प्रतिशतले बढेको छ ।

देशको आधिकारिक तथ्याङ्क एजेन्सीले बिहीवार जारी गरेको तथ्यांकअनुसार बेरोजगार व्यक्तिको कुल संख्या २१ करोड ६० लाख पुगेको र यो कुल श्रमशक्तिको ६.७ प्रतिशत रहेको बताएको छ ।

केन्द्रिय एजेन्सी फर पब्लिक मोबिलाइजेशन एण्ड स्ट्याटिस्टिक्सको प्रतिवेदनले यस अवधिमा महिलाको बेरोजगारी १८.२ प्रतिशत रहेको उल्लेख गरेको छ ।

जुन पुरुषको तुलनामा ४.२ प्रतिशतमा उल्लेख्य रूपमा बढी छ । युवा बेरोजगारी, विशेष गरी १५–२९ उमेर समूहभित्र कुल बेरोजगार जनसंख्याको ६७.२ प्रतिशत हो । रिपोर्टकाअनुसार इजिप्टमा श्रमशक्तिमा २६.४३ मिलियन पुरुष र ५.७९ मिलियन महिलाहरू छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *