रवि लामिछानेलाई फेरी पोखरा लगियो
मकालु खबर
२०८१ कार्तिक ३० गते
काठमाडौँ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई भैरहवाबाट पोखरा लगिएको छ ।
रुपन्देहीमा उनीसँग बयान लिइएपछि उनलाई फेरी पोखरा लगिएको हो ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट लामिछानेलाई पोखरा लगिएको हो । रुपन्देहीमा उनको बयान सकिएको छ ।
लामिछानेलाई कास्कीबाट मंगलबार भैरहवा लगिएको थियो । बुटवलको सुप्रिम सहकारी रकम ठगी प्रकरणमा लामिछानेसंग तीन दिन बयान लिइएको थियो ।
सहकारी संस्था ठगिको अरोपमा यही कार्तिक २ गते पार्टी केन्द्रिय कार्यालय बन्स्थलीबाट लामिछानेलाई प्रहरीले पक्राउ गरेको थियो । लामिछानेमाथि चौथो पटक म्याद थपिएर अनुसन्धान भइरहेको छ ।
लामिछानेमाथि सहकारी ठगि,संगठित अपराध एवं सम्पत्ती शुद्धिकरणको कसुरमा अनुसन्धान भइरहेको छ ।
मकालु खबर
२०८१ कार्तिक ३० गते
प्रतिक्रिया
सम्बन्धित