कृषि सामग्री कम्पनी लिमिटेडमा स्थायी जागिर खुल्यो,एसईई पास गरेकालाई पनि अवसर

काठमाडौं । कृषि सामग्री कम्पनी लिमिटेडले विभिन्न पदहरुमा स्थायी कर्मचारी भर्ना गर्न दरखास्त आवेदन माग गरेको छ । शुक्रवार कृषि सामग्री कम्पनी लिमिटेडले प्रवन्धक(अधिकृत प्रथम) देखी सहायक पदहरुमा जागिर खुलाएको हो ।

प्राविधिकदेखी अप्राविधिकतर्फका पदहरुमा कम्पनीले पदपूर्तिका लागि विज्ञापन खुलाएको जनाएको छ ।  उक्त पदहरुका लागि स्नातक देखी एसईई पास गरेकाहरुले आवदेन दिन सक्नेछन् । प्रशासनतर्फ सहायक द्धितीयमा २० जना माग गरिएको छ । यस पदमा एसईई पास गरेकाहरुले पनि आवेदन दिन पाउने छन् ।

मंसिर २० गतेसम्म आवेदन दिइसक्नुपर्ने छ । थप ददस्तुर सहित मंसिर २७ गतेसम्म दरखास्त दिने सकिने छ । अनलाइनमार्फत दरखास्त भर्न सकिने छ । परीक्षा कार्यक्रम लोक सेवा आयोगले प्रकाशन गर्ने जारी सुचनामा उल्लेख छ । परिक्षा भने काठमाडौं उपत्यकामा सञ्चालन हुने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *