गौशाला क्षेत्रका अतिक्रमित संरचना हटाउन खोजिएपछि अवरोध
अभियन्ता सुमन सायमि सहित तीन जना प्रहरी नियन्त्रणमा
मकालु खबर
२०८१ कार्तिक ३० गते
काठमडाौं । काठमाडौं महानगरपालिकाले अतिक्रमित संरचना हटाउने क्रममा अवरोध सिर्जना भएको छ । गौशाला क्षेत्रको अतिक्रमित संरचनामा महानगरले डोजर चलाएपछि शुक्रवार तनावको स्थिती सिर्जना भएको हो ।
अतिक्रमति संरचना हटाउनका लागि महानगरले डोजर चलाउने क्रममा अवरोधको प्रयास भएपछि प्रहरीले अभियन्ता सुमन सायमिसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका उनीहरुलाई प्रहरी वृत्त गौशालामा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
चक्रपथ सडक सीमा २५ मिटरभित्र बनाइएका संरचनाहरुमा डोजर चलाइएको महानगरपालिकाले जनाएको छ ।
मकालु खबर
२०८१ कार्तिक ३० गते
प्रतिक्रिया
सम्बन्धित