मिस म्यानेजमेन्ट नहुने गरी काम गर्न नेपाल बैंक व्यवस्थापनलाई गभर्नर अधिकारीको निर्देशन
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल बैंक फेरी मिस म्यानेजमेन्ट नहुने गरी काम गर्न बैंक व्यवस्थापनलाई निर्देशन दिएका छन् ।
शुक्रवार काठमाडौँमा भएको नेपाल बैंक लिमिटेडको ८८ औं वार्षिकोत्सव समारोहमा बोल्दै गभर्नर अधिकारीले बैंकको बोर्ड र प्रमुख कार्यकारी अधिकृतलाई यस्तो निर्देशन दिएका हुन् ।
उनले कार्यक्रममा कर्मचारी टे«ड युनियनका प्रतिनिधिहरूले उठाएका विषयहरू गम्भीर रहेको भन्दै गभर्नर अधिकारीले यस्तो निर्देशन दिए । उनले नेपाल बैंक राज्यको ठूलो लगानीको साथै विदेशी ऋणमार्फत रिकर्भर गरिएको स्मरण गर्दै आगामी दिनमा फेरि मिस म्यानेजमेन्ट भएको विषय सुन्नु नपर्ने गरी काम गर्न आग्रह गरे ।
उनले नेपाल बैंकलाई राज्य ठूलो मेहनत गरेर रिकभरपछि बनेका बैंकिङ नीति र गाइडलाइन कार्यान्वयन गर्न नयाँ जनशक्ति बैङ्कभित्र आएपछि नेपाल बैंक र वाणिज्य बैंकलाई नयाँ रूप दिएको बताए । उनले विगतका गलत व्यवस्थापन हटेर नयाँ किसिमले बैंक अगाडि बढिसकेको भन्दै अब फेरि बैंकलाई त्यो बाटोमा जान रोक्न नेपाल राष्ट्र बैंकले नियमन गर्नुपर्ने स्थिति नल्याउन आग्रह गरे ।
उनले भने ‘नेपाल राष्ट्र बैंकले ग्राहक व्यवस्थापनको लागि छुट्टै मेकानिजम बनाइरहेका छौं । उपभोक्ता संरक्षण सम्बन्धी छुट्टै डिभिजन छ । जसले प्रोडिन्सियल सुपरभिजनका साथै मार्केट कन्डक्ट सुपर भिजन गर्न सुरु गरेका छौं । बैङ्कहरूले ग्राहकहरूलाई नचाहिँदो किसिमको दुःख हुने किसिमको टर्चर भइरहेको सुनिन्छ । बैंक तथा वित्तीय संस्थाका कार्यालयहरूलाई मार्केट कन्डक्ट सुपर भिजनको सचेतना आवश्यक छ । कर्मचारी युनियनका साथी रुलले बैंकका विषयमा राखेका विषयहरू गम्भीर रहेका छन् । नेपाल बैंकलाई राज्य ठूलो मेहनत गरेर रिकभर गरेको थियो । विदेशी ऋण समेत लिएर रिकर्भर गराएको हो । त्यसपछि जस्ता किसिमका बैंकिङ नीति र गाइडलाइन बने त्यसलाई कार्यान्वयन गर्न नयाँ जनशक्ति बैकभित्र आयो । नेपाल बैंक र वाणिज्य बैंकलाई नयाँ रूप दिएको हो । विगतका गलत व्यवस्थापन हटेर नयाँ किसिमले बैंक अगाडि बढी सकेको हो । अब फेरि बैंक मिस म्यानेजमेन्ट हुँदैछ । भन्ने कुरा हामीले सुन्न नपरोस् । बैंकको बोर्ड र बैंकको प्रमुख कार्यकारी अधिकृतलाई हार्दिक अनुरोध हो । भोलीको दिनमा यो कुरालाई नेपाल राष्ट्र बैंकले नियमन गर्न नपरोस् । यस्ता कुराले कर्मचारीको मनोबललाई असर पार्छ ।’
उनले नेपाल राष्ट्र बैंकले ग्राहक व्यवस्थापनको लागि छुट्टै मेकानिजम बनाइरहेको बताए । उनले उपभोक्ता संरक्षण सम्बन्धी छुट्टै डिभिजन बनाए प्रोडिन्सियल सुपरभिजनका साथै मार्केट कन्डक्ट सुपरभिजन गर्न सुरु गरेको बताए । उनले बैङ्कहरूले ग्राहकहरूलाई नचाहिँदो किसिमको दुःख नदिन निर्देश दिँदै बैंक तथा वित्तीय संस्थाका कार्यालयहरूलाई मार्केट कन्डक्ट सुपर भिजनको सचेतना आवश्यक रहेको बताए ।