सामान्य हिसाबले कार्य सम्पादन गरेर राजश्वको लक्ष्य भेट्न सम्भव छैन : अर्थमन्त्री पौडेल

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सामान्य हिसाबले कार्य सम्पादन गरेर राजश्वको लक्ष्य भेट्न सम्भव नरहेको बताएका छन् ।

शनिवार काठमाडौंमा आयोजित राष्ट्रिय कर दिवस—२०८१ को कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । उनले कर प्रणालीलाई आधुनिकीकरण गर्ने, प्रविधिमैत्री जनशक्ति विकास गर्ने, कार्य प्रक्रिया सरलीकरण गर्ने, जोखिममा आधारित कर परीक्षण तथा अनुसन्धान एवं व्यावसायिक संगठन र कार्य विशिष्टीकरण लगायतका सुधारका लागि पहलकदमी लिन आग्रह गरे ।

उनले करको दायरा बिस्तार गर्ने, कर दातामैत्री वातावरण सिर्जना गर्ने, कर दाता सेवाको गुणस्तरमा वृद्धि गर्ने, कर छली लगायतका कार्यमा थप सक्रियता अपनाउन आवश्यक रहेको बताए । उनले सूचना प्रविधिको प्रयोगमा बिस्तार एवं सोको गुणस्तरीयता र दिगोपन कायम गर्दै समय र लागत न्यून हुनेगरी सेवा प्रवाहमा प्रभावकारिता अभिवृद्धि गर्नका लागि थप क्रियाशील हुनका लागि कर प्रशासनलाई निर्देशन दिए ।

उपप्रधानमन्त्री पौडेलले जनताबाट संकलन गरिने कर र त्यसको सही सदुपयोगबाट मात्रै राष्ट्रको समृद्धिको आधार तयार हुनसक्ने बताए । उनले कर सङ्कलनमा केन्द्रित हुन कर प्रशासन र कर प्रशासनसँग सम्बन्धित निकायहरूलाई निर्देशन दिए । सङ्घीयताले आर्थिक केन्द्रहरू बिस्तार भएपनि सो अनुपातमा राजश्व संकलन बढ्न नसकेको बताए । उनले जिम्मेवार र जबाफदेही हिसाबले राजश्व संकलनको काममा केन्द्रित हुन कर्मचारीहरूलाई निर्देशन दिए ।

२०८० असोज र २०८१ असोजको कार्य सम्पादन सूचकहरूको प्रगतिको अवस्था मूल्याङ्कन गर्दा अधिकांश परिसूचकमा गत वर्षको यसै अवधिको जति पनि प्रगति भएको पाउन नसकेको बताए । बजार अनुगमनको संख्या गत वर्षको जारी अवधिको भन्दा पनि न्यून रहेको बताए । बक्यौता असुली, बेरुजु फर्स्यौट, आन्तरिक प्रशासनिक पुनरावलोकनको प्रगति पनि सन्तोषजनक नरहेको बताए ।

उनले भने ‘कर प्रणालीलाई आधुनिकीकरण गर्ने, प्रविधिमैत्री जनशक्ति विकास गर्ने, कार्य प्रक्रिया सरलीकरण गर्ने, जोखिममा आधारित कर परीक्षण तथा अनुसन्धान एवं व्यावसायिक संगठन र कार्य विशिष्टीकरण लगायतका सुधारका लागि पहलकदमी लिनका लागि पनि म हार्दिकतापूर्वक आग्रह गर्न चाहन्छु । करको दायरा बिस्तार गर्ने, कर दातामैत्री वातावरण सिर्जना गर्ने, कर दाता सेवाको गुणस्तरमा वृद्धि गर्ने, कर छली लगायतका कार्यमा थप सक्रियता अपनाउन आवश्यक छ । सूचना प्रविधिको प्रयोगमा बिस्तार एवं सोको गुणस्तरीयता र दिगोपन कायम गर्दै समय र लागत न्यून हुनेगरी सेवा प्रवाहमा प्रभावकारिता अभिवृद्धि गर्नका लागि थप क्रियाशील हुनका लागि कर प्रशासनलाई निर्देशन गर्दछु । सङ्घीयताले आर्थिक केन्द्रहरू बिस्तार भएका छन् । खर्चका युनिटहरू एवं आर्थिक गतिविधिहरू विस्तारित भएका छन् । अर्थतन्त्रको आकार बढ्दै गएको छ । तर सो अनुपातमा जसरी राजश्व संकलन बढ्नुपर्ने हो, त्यो बढ्न सकेको मैले पाएको छैन । म कर्मचारी साथीहरूलाई जिम्मेवार र जबाफदेही हिसाबले राजश्व संकलनको काममा केन्द्रित हुन निर्देशित गर्न चाहन्छु । साथीहरूलाई दिइएको जिम्मेवारीको कार्यसम्पादन र लक्ष्य एवं प्रगतिको तुलनात्मक अध्ययन गर्दा प्रगतिको अवस्था सन्तोषजनक रहेको पाउन सकेको छैन । २०८० असोज र २०८१ असोजको कार्य सम्पादन सूचकहरूको प्रगतिको अवस्था मूल्याङ्कन गर्दा अधिकांश परिसूचकमा गत वर्षको यसै अवधिको जति पनि प्रगति भएको पाउन सकेको छैन । बजार अनुगमनको संख्या गत वर्षको यसै अवधिको भन्दा पनि न्यून रहेको छ । बक्यौता असुली, बेरुजु फर्स्यौट, आन्तरिक प्रशासनिक पुनरावलोकनको प्रगति पनि सन्तोषजनक छैन । यस तथ्यले पनि म साथीहरूलाई कार्य सम्पादनमा थप गम्भीर हुन हार्दिकतापूर्वक आग्रह र निर्देशित गर्न चाहन्छु । मैले यो विषयलाई अत्यन्तै गम्भीरतापूर्वक लिएको छु । सामान्य हिसाबले कार्य सम्पादन गरेर लक्ष्य भेट्न सम्भव छैन ।’

उपप्रधानमन्त्री पौडेलले सरकारप्रति नागरिकको अपेक्षा बढ्दो क्रममा रहेको बताए । सामाजिक सुरक्षा, विकास निर्माण, सङ्घीयता कार्यान्वयन, अन्य अनिवार्य दायित्वका खर्चहरूले श्रोतमाथिको दबाब बढिरहेको बताए । कर प्रणालीको सार, लगानीको आधार भन्ने नाराका साथ राष्ट्रिय कर दिवस—२०८१ मनाइएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *