स्थानीय तह उपनिर्वाचन : यस्तो छ माओवादी र एकीकृत समाजवादीबीच चुनावी तालमेल

काठमाडौं । यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच काठमाडौंमा चुनावी तालमेल हुने भएको छ ।

शनिबार माओवादी उपाध्यक्ष अग्निप्रसाद सापकोटा र एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेबीच चुनावी तालमेलबारे सहमति भएको हो ।

सहमति अनुसार काठमाडौंको कीर्तिपुर नगरपालिकामा माओवादी उम्मेदवार प्रा.डा.शिवशरण महर्जनलाई एकीकृत समाजवादीले सहयोग गर्नेछ भने काठमाडौं महानगरपालिका-१६ को वडाध्यक्षमा एकीकृत समाजवादीका उम्मेदवार मीनबहादुर मानन्धरलाई माओवादी केन्द्रले सहयोग गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *